नयाँ मौद्रिक नीतिः गाउँमा २५ सय खाता खोल्ने बैंकलाई १ करोड निर्ब्याजी ऋण



काठमाडौँ, २५ असार । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदर उत्साहप्रद रहेको, शोधनान्तर स्थिति सन्तोषजनक रहेको तथा वित्तीय असन्तुलन क्रमशः घट्दै गएको र अर्थतन्त्रमा सकारात्मक परिवर्तन भइरहेको बताएको छ ।

आव २०७४÷७५ को मौद्रिक नीति आज यहाँ सार्वजनिक गर्दै केन्द्रीय बैंकले सरकारले निर्धारण गरेको आगामी आवको ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न मौद्रिक उपकरण प्रयोग गरी प्राथमिकताका आयोजनामा लगानी गरिने जनाएको छ ।

अब बैंक तथा वित्तीय संस्थाहरुले खाता खोलेको आधारमा एक बर्षको लागि निर्ब्याजी ऋण दिने भएको छ । राष्ट्र बैंकले आइतबार सार्बजनिक गरेको मौद्रिक नीतिमा यस्तो ब्यवस्था गरिएको हो ।

मौद्रिक नीतिमा गरिएको ब्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले गाउँमा २५ सय खाता खोलेमा त्यस्तो बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट १ करोड रुपैयाँसम्म एक बर्षको लागि निर्ब्याजी ऋण पाउने छन् ।

कृषि, पर्यटन, ऊर्जा, घरेलु, साना तथा मझौला उद्योगमा प्राथमिकताका साथै कर्जा प्रवाह गर्ने तरलता व्यवस्थापनलाई मौद्रिक नीतिले उच्च प्राथमिकता दिएको गभर्नर चिरञ्जीवी नेपालले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्