अलैँची खेतीका लागि एकाउन्न लाख



 

इलाम, २४ असार । देउमाई नगरपालिकामा ‘अलैंँची ब्लक’ कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सरकारको रू ५१ लाख ३४ हजार तथा सहकारीको रू २० लाख ४९ हजारको लागतमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ शाहका अनुसार सो परियोजनामार्फत ट््याक्टर, मिनी पावर ट्रिलर, घाँस टुक्र्याउने मेसिन, पानी तान्ने मोटरलगायत सामाग्री उपलब्ध गराइएको छ ।

देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेलले ब्लक परियोजनाले कृषिको आधुनिकीकरणमा सहयोग पुग्ने बताउनुभयो । परियोजनाअन्तर्गत नर्सरी स्थापना, प्लास्टिक पोखरी, कस्टम हायरिङ सेन्टर तथा तालिम केन्द्र स्थापना गरिने कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्