मात्रै ३३ जना जनता भएको अचम्मको देश,जहाँका राष्ट्रपति खुलेआम सडकमा घुम्छन्(भिडियो सहित)



एजेन्सी । हाम्रो देशमा राष्ट्रपतिको सवारी चल्दा चाहिने भन्दा बढी सुरक्षा दिएर सर्वसाधारणलाई सास्ती दिइन्छ । तर, यो दुनियामा यस्तो देश पनि रहेछ जहाँका राष्ट्रपतिलाई तपाई सडकमा खुलेआम एक्लै डुलिरहेको देख्न सक्नुहुन्छ । अझ अर्को रोचक त के भने यो देशमा जम्मा ३३ जना मात्र मान्छे बस्दछन् जुन संख्यामा कुकुर पनि सामेल छन् ।
अमेरिकाको नेवादामा रहेको यो स्वघोषित देशमा आफ्नो अलग कानून, परम्परा तथा अलग मुद्रासमेत रहेको छ । यो देशको नाम मोलोसिया हो । सन् १९७७ मा केभिन बघ र उनका एकजना साथीको दिमागमा एउटा अलग देश बनाउने आइडिया फुरेछ । सोही आइडिया अनुसार उनीहरुले मोलोसियाको स्थापना गरे । स्थापनाकालदेखि नै केभिन मालोसिया देशका राष्ट्रपति रहेका छन् ।

उनले आफूलाई तानाशाह घोषित गरेका छन् । उनकी श्रीमती देशकी प्रथम महिला हुन् ।
यो देशमा जम्मा ३३ जना नागरिक बस्दछन् । जसमध्ये ४ वटा त कुकुर नै छन् । धेरजसो नागरिक केभिनका नातेदार नै हुन् । यद्यपि, स्वघोषित यो देशलाई अहिलेसम्म कसैले पनि मान्यता दिएको चाहिँ छैन र दिने कुरा पनि भएन । तर यो सानो देशमा पनि स्टोर, पुस्तकालय, अन्त्यष्टि स्थल लगायतका सुविधाहरु रहेका छन् । कतिपय मानिसहरु यो सानो देशको भ्रमणमा आउँछन् । यो देशमा छिर्नका लागि पर्यटकहरुले आफ्नो पासपोर्टमा छाप लगाउनु पर्दछ ।

राष्ट्रपति केभिनले आफ्ना जुन साथीसँग मिलेर यो देशको स्थापना गरेका थिए ती साथीले केही समयपछि नै साथ छाडे । तर केभिनले चाहिँ आफ्नो शौखलाई जारी राखे । यो देश स्थापना भएको ४० वर्ष भैसकेको छ । यो देश घुम्नलाई २ घण्टाको समय लाग्दछ । राष्ट्रपति केभिन आफै सडकमा हिँड्दै पर्यटकहरुलाई देशका भवनहरु देखाउँदछन् ।

प्रतिक्रिया दिनुहोस्