कमल थापाद्धारा पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव बहिष्कार



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७१ औं जन्मदिन धुमधाम साथ मनाएका छन् । निर्मल निवासमा उनलाई शुभकामना व्यक्त गर्ने सर्वसाधारणको उपस्थिती उल्लेख्य मात्रामा रह्यो ।

 

जन्मदिनको उपलक्ष्यमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुभकामना दिन राप्रपा नेपालकी नेतृ कोमल वली पनि देखिइन् ।

कार्यक्रममा पूर्व युवराज पारस शाह र युवराज्ञी हिमानी शाहका छोरीछोरी हृदयन्द्र शाह, पूर्णिका शाहलगायत परिवारका अन्य सदस्य पनि उपस्थित थिए ।

ज्ञानेन्द्रलाई जन्मदिनको शुभकामना दिन राजावादी नेताहरु समेत निर्मल निवास पुगेका थिए । तर राप्रपाका अध्यक्ष कमल थापा भने आज देखिएनन् ।

पछिल्लो समय पूर्वराजा शाह र थापावीच समुधुर सम्बन्ध नरहेको बुझिएको छ । स्रोतका अनुसार थापाले पूर्वराजाको जन्मदिन बहिष्कार नै गरेका हुन् । हुन त उनी निकट स्रोतले थापा विरामी रहेको दाबी गरेपनि उनी जानीजानी नगएको बुझिएको हो ।

 

बरु जन्मोत्सवमा हालै राप्रपा छोडेर नयाँ पार्टी खोलेको डा. प्रकाशचन्द्र लोहनी शुभकामना दिन निर्मल निवास पुगेका थिए । लोहनी र शाहवीच रमाईलो कुराकानी समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्