लिखुपिके गाउँपालिकामा भत्किए तीन घर



 

सोलुखुम्बु, २३ असार । लिखुपिके गाउँपालिका–३ कोरसीमा पहिरोका कारण तीन घर उच्च जोखिममा परेका तथा ठूलो बस्तीमा पनि सङ्कट पैदा गराएको छ ।

केही वर्षदेखि नै शुरु भएको पहिरो बढ्दा गए राति खिमबहादुर भुजेल, झम्केश्वरी भुजेल र धनबहादुर भुजेलको घर भत्किएका छन् । पहिरो बढ्दै जाँदा आसपासका बस्तीमा पनि खतरा बढ्दै गएको छ । मानवीय क्षति नभए पनि भौतिक सम्पत्तिको क्षति बेहोर्नुपरेको पीडित खिमबहादुरले बताउनुभयो । लिखुपिके गाउँपालिका–२ एर्माखु खोलामा पनि पहिराका कारण आवतजावत गर्ने बाटामा समस्या भएको छ ।

ठूलो पहिरो गएकाले सो बाटो प्रयोग गरेर हिँड्ने दैनिक करिब १०० यात्रु मारमा परेको स्थानीय शिक्षक उद्धव बस्नेतले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्