तृप्तीले ल्याइन् राष्ट्रिय गीत



 

रुकुम, (नेस)। नेपाली लोकगीतको क्षेत्रमा छोटो समयमा चर्चा कमाउन सफल गायिका तृप्ती खड्का गुरुङले पछिल्लो समय बजारमा ल्याएको हामी नेपाली बोलको गितले यतिबेला निकै चर्चा बटुलेको छ। पछिल्लो समयमा देशमा वैदेशिक शक्तिहरुले देखाएको हेपाहा प्रवृत्तिको चिरफार गर्दै गीतले नेपालीपन झल्काएको छ।

विशेष गरी विदेशमा रहेका नेपालीलाई यो गीतले आफ्नै देशको माटोमा काम गर्ने उत्साह पैदा गरिदिएको छ। हामी जहाँ रहे पनि हामीलाई प्यारो नेपाल जस्ता राष्ट्रिय भावनाले ओतप्रोत यो गितले नेपालीपन झल्काएको छ। उनलाई गायनमा गायक टंक बुढाथोकीले साथ दिएका छन्।

उनीहरुले गोर्खाको विषयलाई लिएर देशभक्ति नेपाली हामी गोर्खाली बोलको गीत ल्याएका हुन्। साथै गीतले नेपाल के हो, गोर्खा कसको हो भन्ने बुझाउने कोशिस गरेको छ। उक्त गीतमा विश्वकै सर्वाेच्च नेपालको अग्लो सगरमाथादेखि लिएर नेपालको पहिचान दिलाउने हरेक ठाउँहरुको बारेमा कुरा उठाएको छ। गीतमा प्रसाद तिमल्सिनाको शब्द, टंक बुढाथोकीको संगीत तथा तृप्ती खड्का गुरुङ र टंक बुढाथोकीको स्वर रहेको छ।

प्रतिक्रिया दिनुहोस्