डलर साटने भन्दै नगद ठगी गर्ने मानिस पक्राउ



नेपाल समाचारपत्र, काठमाडौ ।

काठमाडौं बनस्थली नजिक ढुंगेधारामा डलर साट्ने भन्दै नगद ठगी गरिरहेको अवस्थामा संखुवासभा तामाखु–५ का २९ वर्षीय सुमन गुरुङलाई पक्राउ गरेको प्रहारीले जनाएको छ ।

यसअघि असार १ गते काठमाडौं महानगरपालिका–१८ बनस्थली ढुङगेधारा नजिक संगीता खाजा घर संचालन गरी बस्ने धादिङ नलाङ–१ का ४७ वर्षीय हरि गुरुङलाई डलर साट्ने भन्दै खामबन्दी गरेको यूके १५ हजार पाउण्ड लेखेको पहेलो लेमिनेशन गरेको प्याकेट दिई ३ हजार रुपैयाँ ठगी गरी फरार निज गुरुङले बुधबार पनि उक्त ढुंगेधारामा काठमाडौं महानगरपालिका–१५ ऐराहिटी चोक बस्ने गोरखा गण्डकी गाउँपालिकाका ४७ वर्षीय विर्खबहादुर गुरुङलाई ५० हजार रुपैयाँ नगद लिई डलर साटने भन्दै डलरप्याक देखाउँदै गरेको आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।

उनको साथबाट पाउण्ड डलर लेखेको पहेलो कागजमा लेमिनेशन गरेको प्याक २ थान, ब्रिटिश पेन्शनपट्टा लेखेको पहेलो लेमिनेशन गरेको प्याक १ थान, ब्रिटिश गोरखा पल्टन र सोनी क्यामरा लेखेको पहेलो लेमिनेशन गरेको प्याक १ थान र ब्रिटिस स्पोन्सर लेटर लेखेको कुरियर प्याक जस्तो देखिने पहेलो लेमिनेशन गरेको प्याक बरामद गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुस्नधान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्