छेउमा हेर्‍यो खोलाको तिर कुनामा हेर्‍यो तारेभिर, बाढीले सडक बगाएपछि स्थानीयको विचल्ली



सलिम अन्सारी,प्यूठान ।

माथि तिर फर्केर हेर्दा खस्न ठिक्क परेका र आफैलाइ पर्खेर बसेका जस्तो चिरा चिरा बनेका पहरा अनि तलतिर नहेरु भनेपनि हेर्नैपर्ने लुगँखोलाको उर्लदो भेल,अझै नहिडु भने लुगँखोला छिचोल्नै पर्ने बाध्यता ।

यसै साता मात्रै मुसलधारे झरीपछि लुगँखोलामा आएको भिषण बाढिले सडक नै बगाइदिएपछि दैनिक सयौ पैदलयात्रीले जोखिम मोल्नुपरेको छ ।

नदिमा दिनहुँ बाढि आउने गरेकाले नदि भएर आवतजावत गर्न समस्या भएको स्थानीयले गुनासो गरेका छन । बाग्दुला बहाने सडकखण्ड अन्र्तगत नौबहिनीको बल्लेखोला नजिक मगरबाषामा सडक नै बगेपछि यहि बाटो प्रयोग गरेर आउजाउ गर्ने पैदलयात्रुलाइ समेत अहिले ठूलै समस्या परेको छ ।

यसबाट जिल्लाको उत्तरी भेगका सर्वसाधारणहरु बढि मर्कामा परेका छन। लुगँखोलामा आएको बाढिले झण्डै तिस मिटर जती सडक बगाएपछि पैदलयात्रु,बिध्यार्थी र व्याबसायीलाइ असुविधा भएको हो ।

स्थानीय गँगा उच्च मावि बहाने र साइनिगँ वे बिध्या सदन बोर्डिगमा अध्यन गर्न जाने पिपलटारी,सिरवारी, बल्लेखोला लगायतका लगभग तिन सय बिध्यार्थी प्रभाबित भएको बिधालयका प्रधानाध्यापक देवी प्रसाद रिजालले बताए। सयौ बिध्यार्थी बिधालय जानबाट बन्चित भएका छन ।

सडक बगेपछि बालबच्चा बिद्यालय आउन नसकेको उनले जानकारी दिए । उक्त सडकको बिकल्पको रुपमा प्रयोग गर्ने बाटो दुई तिन घण्टा बढि समय लाग्ने भएपछि भारी बोक्ने भरियाहरु र पैदल हिड्नेहरु पनि पहिरोको बिचबाटै ओहोरदोहोर गर्न बाध्यय भएका छन ।

सवारी साधन चल्न सक्ने अवस्था छैन । सडक बगेपछि उत्तरी प्यूठानको दर्जनौ गाउँहरु यातायात सम्पर्कबिहीन भएका छन । सडक भत्किएपछि सो क्षेत्रमा दैनिक उपभोग्य सामान ढुवानी हुन सकेको छैन । गत बर्ष साउन ११ र १२ गते यहाँ पहिरो जाँदा धनजनको क्षति भएको थियो र यस वर्ष पनि यो घटना दोहोरीदो छ ।

हिउँदको महिनामा पहिरो गएको स्थानभन्दा अलि पर बहाने बजार सम्म यातायातका सवारी साधन पुग्ने गरेको भएपनि बर्षा लागेसँगै सवारीसाधन नचल्दा त्यस क्षेत्रका स्थानीयहरु अहिले पैदल हिडेर गन्तब्य सम्म पुग्नुपर्ने बाध्यता आइलागेको छ ।

लुगँखोलाले मुख्य सडक बगाएपछि समस्या भएको स्थानीय महेश थापाले बताए। उनले भने भौगोलिक रुपमा बिकट तथा दुर्गम स्थानमा अबस्थित जिल्लाको फोप्ली ,लिघा ,डाम्री ,खवागँ ,स्याउलिबागँ लगायतका बासिन्दाहरुलाइ जिल्ला सदरमुकाम आउजाउ गर्नेलाइ अहिले यो सडक काल निम्ताउने खालको बनेको छ ।

कतिपयले पहरा माथीको डाडाँबाट बाटो काटे,कतिले खोलाबाटै ज्यान जोखिममा राखेर बाटो छिचोले।स्थानीय थापाले भने छेउमा हेर्यो लुगँखोलाको तिर उभो हेर्यो तारेभिर। लगातारको बर्षाले लुगँखोलामा पानीको स्तर अत्याधिक बढेको छ ।

कटान गरिएको सडक खण्डमा पानी तिव्र गतिमा बगिरहेको छ। अप्ठयारो भुगोलका कारण यहाँ सडक बनाउन समस्या देखिएको प्यूठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

सडक सुचारु गर्न जिल्ला बिकास समितीले बुधवार देखि ज्यामी खटाएर सडक निर्माणको काम थालेको उनले जानकारी दिए। ज्यामी खटिएका छन उनले भने सडक सुचारु हुन समय लाग्दैन।

क्याप्सन उत्तरी प्यूठानको नौबहिनी ६ मगरबाषामा लुगँखोलामा आएको बाढिले सडक बगाएपछि बर्खे भेलको यात्रा गर्दै स्थानीय फोटो सलिम अन्सारी प्यूठान

 

 

प्रतिक्रिया दिनुहोस्