पथरीशनिश्चरे नगरपालिकामा एमाले विजयी



 

उर्लाबारी (मोरङ), २१ असार । मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवै पदमा नेकपा (एमाले) विजयी भएको छ ।

आज साँझ सार्वजनिक अन्तिम मत परिणामअनुसार नपाको प्रमुखमा एमालेका दिलीपकुमार राईले नौ हजार ८७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेशकुमार खड्काले सात हजार २२४ मत ल्याउनुभयो ।

यस्तै उपप्रमुखमा पनि एमालेकै यमुना विष्ट नौ हजार ९२६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी प्रेमला राईले सात हजार ३४४ मत ल्याउनुभयो । सो नगरका जम्मा १० वडामध्ये एमालेले ५ वडाध्यक्ष, काँग्रेसले तीन, माओवादीले एक जित्नुका साथै पथरीशनिश्चरे– ६ बाट स्वतन्त्र उम्मेदवार जयबहादुर तामाङ विजयी हुनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्