भिरबाट लडेर एकको मृत्यु



 

रामपुर (पाल्पा), २० असार । रम्भा गाउँपालिका–२ फोक्सिङ्ग्कोटमा लडेर आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रम्भा गाउँपालिका नम्ताहा झोकेदीका ५३ वर्षीय नीरबहादुर सुनारी रहेको छ ।

झोकेदी गाउँबाट घर फर्कने क्रममा मोटरबाटोबाट करिब १५० मिटर तल भिरमा खसेर उनको मृत्यु भएको हो ।

प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा भिरबाट शव निकालिएको स्थानीय एवत सारुले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्