गुल्मीका निर्वाचित जनप्रतिनिले सपथ लिदै, जनमैत्री लोकप्रिय कार्यक्रमहरु सार्वजनिक गर्ने प्रतिबद्धता



अनिल खत्री,गुल्मी ।
असार १४ गते सम्पन्न स्थानिय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीले सपथ लिएका छन् । गुल्मीमा रहेका १२ वटा स्थानिय तहहरुको सम्पुर्ण मतगणना सम्पन्न भएलगतै कतिपय गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधीले सपथ लिइ सकेका छन् ।

झण्डै २० वर्ष पछी भएको स्थानिय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधी जनताको भावनालाई जित्ने गरि काम गर्नका लागी पनि उनिहरु छिट्टै सपथ लिएर काम गर्ने तयारीमा छन् । जिल्लामा रहेका स्थानिय तह मध्ये केहि स्थानिय तहका जनप्रतिनिले समथ लिएका छन् ।

जिल्लाको २ नगर मध्येको मुसिकोट नगरपालिकामा नव निर्वाचित मेयर सोमनाथ सापकोटा तथा उपमेयर कमला गौतमले सोमवार पदभार ग्रहण गरेका छ । निर्वाचन अधिकृतको कार्यालयवाट सपथ लिए लगत्तै नगरपालिकाको कार्यालय वामी टक्सारमा सापकोटा र गौतमले पदभार ग्रहण गरेका छन् ।

सपथ ग्रहण कार्यक्रममा प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै मेयर सापकोटाले भौतिक पूर्वाधार निर्माण, जनमैत्री प्रशासन तथा गरिवि र विकटताको कारणले आधारभुत आवश्यक आवश्यकता वाट वन्चितीमा परेको समुदायमा काम पहिलो प्राथमिकता हुने वताए ।

मुसिकोट नगरमा धेरै संभावना रहेको र आफुले घोषणा पत्रमा उल्लेख गरेवमोजिम सवै पार्टि तथा जनता संग मिलेर काम सम्पन्न गर्ने वताए ।

सापकोटाले आफु कुनै नाता, कृपाको चंगुलमा नफस्ने भन्दै सचेतता पूर्वक काम गर्ने वताए । पहिलो वैठकले निर्वाचित सवै प्रतिनिधिहरुको १५ दिन भित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने लगाएतका निर्णय गर्ने वताइएको छ । यस्तै जिल्लाको मालिका गाउँपालिका, धुर्कोट गाउँपालिका, रुरु गाउँपालिका, इस्मा गाउँपालिकामा पनि सपथ ग्रहरण कार्यक्रम सम्पन्न भएका छन् ।

ति गाउँपालिकामा निर्वाचित जनप्रतिनिहरुले पनि जनमैत्री लोकप्रिय कार्यक्रमहरु छिट्टै ल्याउने तयारी गरेका छन् ।

मालिका गाउँपालिका गुल्मीले पनि नयाँ कार्यक्रम केहि सार्वजनिक दिनमै सार्वजनिक गर्ने तयारीमा रहेको प्रेस चौतारी नेपालका केन्द्रिउ पूर्व अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकामा तत्काल उत्पन्न समस्या मोटरबाटोलाई मर्मगरी वर्षातको समयमा पनि सञ्चालन गर्न इस्काभेटर तयारी अबस्थामा राखेर अत्याबश्यक अबस्थामा काम गर्ने गरी राख्ने निर्णय भएको जानकारी दिए ।

उक्त गाउँपालिकाले थप नयाँ कार्यक्रमहरु केहि दिनम गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्लमा रहेका बाँकी स्थानिय तहमा बुधवारको लागी सपथ ग्रहरण कार्यक्रम राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्