एनआईसीका शाखा गाउँ गाउँमा



बीरबहादुर बम, मुगु
जिल्ला सदरमुकाम गमगढीमा ८१ औ शाखाका रुपमा सेवा सञ्चालन गरेको एन आई सी एसिया बैकले जिल्लाका तिन वटै गाउँ पालिकाहरुमा शाखा विस्तार गर्ने जनाएको छ ।

एक महिना अघि देखि गमगढीमा सेवा विस्तार गरेको बैकले सोमवार विधिबत रुपमा कार्यालय उदघाटन कार्यक्रम आयोजना गरि जानकारी दिएको हो । अहिलेसम्म देशभर एक सय दशवटा शाखा विस्तार भईसकेका र आगामी वर्ष भित्र दुई सय शाखा विस्तार गरिने बैंकले जनाएको छ ।

अव केही समय भित्रै दुर्गम गाउँहरुमा पनि बैकले आफ्नो सेवा विस्तार गर्ने जनाएको छ । छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले रिवन काटेर विधिवत रुपमा बैकको शाखा स्थापना गरिएको हो ।

बैकले कृषि, सवारी तथा शैक्षिक क्षेत्रमा कर्जा प्रवाह गर्ने , ठुला विद्युत आयोजना, उद्योग धन्दामा लगानी गर्नै बैकका क्षेत्रीय प्रबन्धक तेजराज तिमिल्सेनाले बताए । अहिले रारामा आउने पर्यटकका लागि खान र बस्नको समस्या देखिएकाले सुविधा सम्पन्न होटेल सञ्चालन गर्न कसैले चासो देखाए बैकले लगानी गर्ने पनि उनले बताए ।

बैकले वैदेशिक रोजगारमा गएकाहरुका लागि सोझै विपे्रशषण पठाउन सक्ने , बैकमा रकम जम्मा गर्ने ग्राहकलाई सय कडा ८ प्रतिशत र मुद्दतीमा ११ प्रतिशतसम्म व्याज दिने व्यवस्था समेत मिलाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्