शशिको सरप्राइज



 

गायक शशि शेखर बुढाथोकीले दिल दिने कुरा, क्या राम्रो नेपाल, माया तिम्रो त्यो, हातैमा घडीजस्ता गीतबाट चर्चा कमाएका छन्। १२÷१३ वर्षको उमेरदेखि नै गायन क्षेत्रमा होमिएका काभ्रे बनेपा नगरपाललिका–१३ का शशि स्टेज प्रर्फमेन्स गर्न माहिर मान्निछन्।

आफूलाई भस्ट्रायल गायक भन्न रुचाउने उनले लोकपप, आधुनिक, लोक र राष्ट्रिय गाएका छन्। गीतको भिडियोमा पनि आफैं मोडलिङ गर्दै आएका शेखरले आफ्नै शब्द र संगीतमा पनि केही गीत गाएका छन्। यसै क्रममा नयाँ गीत लिएर आउने तयारीमा छन्। यो गीत सरप्राइज प्याकेज हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्