ज्याकलिनलाई जवाफ



 

लामो समयसम्म हिन्दी फिल्ममा टिक्न सफल बलिउड अभिनेतृ ज्याकलिन फर्नाडिज ग्ल्यामरस फोटोसुट गराइरहने नायिकामध्येमा पर्छिन्। केही दिनअघि पनि उनले फोटोसुट गराएकी थिइन्। तर, यो फोटोसुट अघिल्ला पटकको भन्दा भिन्न थियो।

यस फोटोसुटमा उनी टपलेस थिइन्। कपालले शरीर ढाकिएको उक्त तस्वीर उनले इन्स्टाग्राममा शेयर गरेकी थिइन्। जसको कारण उनलाई मानिसले सामाजिक सञ्जालमा ट्रोल गरेका थिए। यसको जवाफ उनले आफ्नै तरिकाले दिएकी छिन्। उनले ट्रोल गर्नेहरुमाथि कडा जवाफ फर्काएकी छिन्। यसको जवाफस्वरूप इन्स्टाग्राममा अर्को टपलेस तस्वीर शेयर गर्दै उनले लेखेकी छिन्– ‘म त्यस्तो फूल बन्न अस्वीकार गर्छु, जस्लाई सौन्दर्यका लागि तोडिन्छ र मर्नका लागि छोडिन्छ। म जंगली फूल बन्नेछु, जसलाई खोज्न मुश्किल र भुल्न असम्भव छ।’

प्रतिक्रिया दिनुहोस्