बासकोटालाई लाइफटाइम अवार्ड



 

खनाल र रानालाई सम्मान, सुवेदीलाई पत्रकारिता पुरस्कार
हेटौंडामा आगामी बिहीबार हुन लागेको नवौं छायाँछवी डी सिने अवार्डअन्तर्गत यस वर्षको छायाँछवी लाइफटाइम लिजेन्ड्री अवार्ड २०७४ संगीतकार तथा गायक शम्भुजित बासकोटालाई प्रदान गरिने भएको छ। उनलाई ४ दशकभन्दा लामो समयदेखि गीत–संगीत क्षेत्रको उन्नयनमा योगदान गरेबापत लाइफटाइम लिजेन्ड्री अवार्डबाट सम्मान गरिन लागेको छायाँछवीका अध्यक्ष शान्तिप्रियले जानकारी गराए। त्यसै गरी छायाँछवी चलचित्रकर्मी रजत सम्मान २०७३ अभिनेता सरोज खनाल र अभिनेत्री रूपा रानालाई सम्मानित गरिने भएको छ।


उनीहरुलाई ३ दशकभन्दा लामो समयदेखि फिल्म क्षेत्रमा योगदान पुर्याएबापत सम्मान गर्न लागिएको हो। छायाँछवी चलचित्र पत्रकारिता पुरस्कार २०७४ बाट भने पत्रकार लक्ष्मण सुवेदीलाई पुरस्कृत गरिने भएको छ। डेढ दशकदेखि पत्रकारितामा निरन्तर सक्रिय सुवेदीलाई ९ हजार ९ सय ९९ रुपियाँ र ताम्रपत्रबाट पुरस्कृत गरिने आयोजकले जानकारी गराएका छन्। अवार्ड समारोह हेटौंडाको ओम्याक्स सिनेमा हलमा सम्पन्न हुँदै छ।

प्रतिक्रिया दिनुहोस्