पहिरोमा पुरिएर एक बेपत्ता,दुर्इको उद्धार



सलिम अन्सारी,प्युठान ।

प्युठानमा पहिरोमा पुरिएर एक जना किश्वरी बेपत्ता भएकी छिन। जिल्लाको गौमुखी गाउँपालीका ३ मा पहिरोले पुरीएर केर बहादुर घर्तिकी छोरी १६ बर्षिया तुलसा घर्ति बेपत्ता भएकी छिन । शुक्रबार राती आएको आएको पानी सहितको पहिरोले शेर बहादुर घर्तिको घर पुरीएर उनि बेपत्ता भएकी हुन ।

पहिरोमा पुरीएको अन्य २ जनालाई भने स्थानियले उद्धार गरेका छन । त्यस्तै रजवाराको लामीबगर, गिर्जाकोट र दाङबाङमा रहेको ३ ओटा पुल समेत खोलाले बगाएको छ ।

विभिन्न ठाउँमा रहेको बस्ति जोखिममा रहेको स्थानिय समाजसेवी गोवरधन थापाले जानकारी दिनु भएको छ । पहिरोको खबरपछि घटनास्थल तर्फ प्रहरी पठाइएको प्युठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्