पहिरोमा बेपत्ता रोशनीको शव भेटियो



 

दोलखा, (नेस)
गत मंगलवार पहिरोमा परी बेपत्ता भएकी दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ लाकुरीडाँडा कुदुतेका मङ्गले थामीको छोरी १५ वर्षीया रोशनी थामीको शव शनिबार भेटिएको छ।

मृतक रोशनीको शव शैलुङ गाउँपालिका–४ स्थित चरङ्गे खोलामा ढुंगाको चेपमा भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए।

गत मंगलबार राति लाकुरीडाँडा कुदुतेमा पहिरोले दुई घर बगाउँदा चार जना बेपत्ता भएका थिए। बेपत्तामध्ये ७० वर्षीया लाटी थामी र मङ्गले थामीको श्रीमती ३५ वर्षीय शान्ति थामीको शव बुधबार भेटिएको थियो भने मङ्गले थामीको छोरी १२ वर्षीय सन्तोषी थामीको शव बिहीबार भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्