एमालेलाई धक्का, बामदेवको क्षेत्र र माओवादी गढ काँग्रेसको पोल्टामा



काठमाडौं । स्थानीय तहको दोस्रो चरणमा असार १४ गते भएको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो नतिजाअनुसार बर्दियाको गुलरिया नगरपालिकासहित ६ स्थानीय तहको केहीबेरअघि सार्वजनिक भएको छ ।

६ स्थानीय तहमध्ये नेपाली काँग्रेसले एमाले नेता बामदेव गौतमको गृहजिल्ला बर्दियाको गुलरिया नगरपालिका र माओवादीको गढ रोल्पा नगरपालिकामा जित हासिल गरेको छ भने थरुहट प्रभावित बाँकेको डुडुवा गाउँपालिकामा जित हासिल गरेको छ ।

माओवादीले रोल्पाको रोल्पा नगरपालिका र उदयपुरको सुनकोशी गाउँपालिकामा जित हात पारेको छ । एमालेले उदयपुरको पुरानो सदरमुकाम उदयपुरगदी गाउँपालिकामा जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्