धान दिवस र दही चिउरा



हिजो धान दिवस र असार १५को दही चिउराले सबै नेपालीलाई दिनभरी तरंङ्गित गरेको देखियो । कतिले एमालेबाट प्रतिनिधित्व गर्ने एक जना तत्कालीन कृषिमन्त्रीलाई समेत संझिए । उनी धान दिवसको दिन महिलाहरुलाई अपमान गरेका कारण पदबाटै हट्न विवश भएका थिए ।

उनी अहिले कता छन् के गर्दैछन् धरहराले देख्न पाएको छैन । तर, उनले पक्कै यो दिनलाई झलझली संझेका होलान् । अर्कातर्फ दही चिउराको रौनक पनि हिजो मुलुकभरी देखियो । धेरै लिटर दही बिक्री भयो भन्ने साहुजीहरु छ्याप्छ्याप्ती थिए भने खाएको तस्वीर सामाजिक सञ्जालमा राख्नेको पनि ओइरो लागेको धरहराबाट देखिन्थ्यो ।

जेहोस् धरहरालाई पनि हिजोका विविध दृश्य देख्दा आफूपनि रोपाईमा जाऔं वा दही चिउरा खान जाउँ कि जस्तो नलागेको होइन । तर , के गर्नु दूरबीन सोझ्याउन सक्ने भएपनि एक ठाउँबाट अर्को ठाउँमा जान नसक्ने भएकोले यसलाई समश्या पर्यो है पाठकबृन्द । यहाँहरुको दही चिउरे कार्यक्रम कस्तो भयो कुन्नि ? दही चिउरा खानुस् तर दही चिउरे नहुनुस् भन्ने धरहराको विशेष आग्रह छ है ।

प्रतिक्रिया दिनुहोस्