उदयपुरमा ६५ प्रतिशत मत खस्यो



कुशलबाबु बस्नेत, उदयपुर ।
स्थानीयतह निर्बाचनमा बुधबार भएको मतदान उदयपुरमा शान्तिपुर्णरुपमा सम्पन्न भएको छ ।आठैवटा स्थानीय तहको मतपेटिका संकलनभै रहेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनु भयो । केही स्थानमा मतगणना आजैबाट हुने र केहीमा भोलीबाट हुने प्रजिअ पराजुलीले बताउनु भयो ।

चार नगरपालिका र चार गाँउपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको हो । स्थानीय तहमा ५५देखी ७२ प्रतिशत सम्म मतदान भएको र समग्रमा ६५ प्रतिसत मत खसेको प्रजिअ पराजुलीले बताउनुभयो ।

निर्बाचनमा छ जना पुर्ब मन्त्रीहरुले जिल्लाका बिभिन्न मतदान केन्द्रबाट मतदान गरेका छन् । एमालेकी मन्जू चौधरी, लक्ष्मीनारायण चौधरीले त्रियुगा नपा ११ स्थित त्रियुगा उच्चमाबि केन्द्रबाट, नेपाली काग्रेसका डाक्टर नारायण खड्काले बेलका नपा २ डुडखोला केन्द्रबाट मतदान गरेका हुन ।

नेकाकै हरिशंकर परियारलेउदयपुर गढी स्थित पंचावती मतदान केन्द्रबाट संधिय समाजबादी फोरम नेपालका अशोक राईले चौदण्डी नपा ४ स्थित नारद आदर्श उच्च माबिबाट मतदान गरेका हुन । निबाचनमा केन्द्रदेखी स्थानीयतह सम्मका नेताहरुले भाग लिएका छन् । कुल ३सय ९० स्थानकालागि १हजार पाँचसय ८२जनाले प्रतिस्प्रधा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्