डोटीमा ७१.७४ प्रतिशत मत खस्यो



विमल विष्ट,
दोश्रो चरणको स्थानिय तहको निर्वाचन डोटीमा शान्तिपुर्णरुपमा सम्पन्न भएको छ । निर्वाचनको समयमा जिल्लामा कुनै पनि घटना भएनन् । डोटीमा ७१.७४ प्रतिसत मतदान भएको छ । जिल्लाका ९ स्थानिय तहका लागि बुधबार बिहान ७ बजे देखी मतदान सुरु भएको थियो । जिल्ला भरीका कुल एक लाख १ हजार २१ जना मतदाता मध्ये ७३ हजार ३ सय ७९ जना मतदाताले मतदान गरेको डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद शर्माले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्