रोल्पाको भनभनेमा स्थगित मतदान सुचारु



रोल्पा (नेस) ।
रोल्पा नगरपालिका वडानम्बर १०को भनभने मतदान केन्द्रमा एक मतदाताले मत पेटिकाभित्र केमिकल हालेपछि स्थगित मतदान सुचारु भएको छ ।

बुधबार आज बिहान करिब १० बजे भनभने मतदान केन्द्रको बुथ ‘ख’ मा मतपेटिकाभित्र केमिकल हालिएकाले आगलागी भएपछि मतदान प्रक्रिया स्थगित भएको थियो ।

केमिकल दलेर मतपेटिकामा खसालेपछि मतपेटिकाबाट धुवाँ आएको देखेपछि हेर्न जाँदा १० वटा जति मतपत्र जलेको भेटिएको थियो ।

उक्त मतपेटिकालाई सिलबन्दी गरेर अर्को मतपेटिका राखेर मतदान सुचारु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्