प्युठानमा हालसम्म ३० प्रतिशत मत खस्यो



सलिम अन्सारी, प्युठान ।

प्युठान जिल्लामा हालसम्म ३० प्रतिशत मत खसिसकेको जिल्लामा प्रमुख निर्वाचन अधिकारी बासुदेव न्यौपानेले बताउनुभएको छ ।

बिहान ७ बजेदेखी सुरु भएको मतदान प्रकृयामा अहिले सम्म जिल्ला भरी ३० प्रतिशत मत खसिसकेको छ ।

प्युठान जिल्लामा कुल एक लाख २७हजार ४सय ४७ जना मतदाता रहेका छन् । मतदान केन्द्रमा शान्ति सुरक्षाको ब्यवस्था निकै कडा पारिएको प्रमुख जिल्ला अधिकारी शार्माले बताउनु भयो ।

प्युठानमा २ नगरपालिका र ७ गाउँपालिका रहेका छन् । हालसम्म निर्वाचनलाई बाधा आउने गरी कुनै पनि प्रकारको अप्रिय घटना नघटेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्