शुभले ल्याए मायाको एल्बम



 

गायक शुभ तामाङको दोस्रो गीति अडियो एल्बम मलाई माया गर राजधानीमा आयोजित कार्यक्रमका बीच गीतकार डा. भोला रिजालले सार्वजनिक गरेका छन्। विमोचन कार्यक्रममा बोल्दै डा. रिजालले शुभका गीत दर्शकका लागि कर्णप्रिय हुने चर्चा गरे।
एल्बममा ८ गीत संगृहित छन्। जसका ७ गीतमा उनकै संगीत र एक गीतमा राजनराज शिवाकोटीको संगीत छ। गीतमा डा. भोला रिजाल र दीपेन्द्र तामाङको शब्द छ।

२०५५ सालदेखि संगीतमा सक्रिय शुभले ललितकला क्याम्पसबाट संगीतमा बिम्युज गरेका छन्। उनले २०६० सालमा शुभ नामक पहिलो एल्बम सार्वजनिक गरेका थिए। ‘मलाई संगीत क्षेत्रमा आउने सानैदेखिको सपना थियो। त्यो सपनालाई आज विपनामा परिणत गर्न पाउँदा खुसी लागेको छ’ –शुभले भने।

प्रतिक्रिया दिनुहोस्