पल र पूजालाई हतकडी



 

यही असार मसान्तबाट अल नेपाल रिलिजमा आउन लागेको फिल्म म यस्तो गीत गाउँछुमा यसका नायकनायिका हतकडी बानिएको अवस्थामा देखिएका छन्। यसका नायक पल शाह र नायिका पूजा शर्मालाई फिल्मको प्रचार सामग्री हतकडी लगाएको अवस्थामा देखिएको हो।

फिल्मको निर्माण संस्थाले सार्वजनिक गरेको ट्रेलर र गीतमा पल र पूजालाई हतकडी लगाएको लुकाएको थियो। तर, अन्य प्रचार सामग्रीबाट भने यो खुलेको छ। प्रेम गीतको सफलतापछि त्यसैको शीर्ष गीतलाई फिल्मको नाम दिई सुदर्शन थापाले म यस्तो गीत गाउँछु निर्माण गरेका हुन्। मेरो एउटा साथी छदेखि प्रेमगीतसम्म आइपुग्दा निर्देशक सुदर्शन थापा लभ स्टोरी फिल्ममा केन्द्रित भइरहेका छन्। यो फिल्म पनि प्रेमकथामै छ। ‘फिल्मको कथा अगाडि बढ्दै जाँदा पल र पूजाको हातमा हतकडी लगाइएको दर्शकले देख्नुहुनेछ’ –सुदर्शनले खुलाए। पूर्णरूपमा प्रेमकथामा बनेको फिल्मको संगीतले अहिले बजार पिटिरहेको छ। फिल्ममा संगीत अर्जुन पोखरेलले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्