मौसमबारेको अनुरोध



 

भोलि असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुँदै छ। जनचासो छ– मौसमको अवस्था भोलिको दिन कस्तो होला ? मौसमविद्हरूलाई अहिले अप्ठेरो परेको छ। पानी पर्छ भन्दिउँ नपर्ला भन्ने डर। नपर्ला भन्दिउँ मध्य असारमा केही भर हुँदैन। अनि के भन्ने ? त्यसैले, उहाँहरूका मिश्रित धारणा बाहिर आइरहेको धरहराले पत्तो पाएको छ। यो अप्ठेरोप्रति धरहरा पूर्ण सहानुभूति जनाउन चाहन्छ।

हुन पनि हामीकहाँ प्रविधि नभएर पनि होला पानी पर्छ भनेको दिन घाम लाग्ने र घाम लाग्छ भनेको दिन पानी पर्ने पनि हुँदैआएको छ। यो धरहरा आफ्नै बारेमा त भन्न सक्दैन। अनि विचरा मौसमविद्हरूले मौसमको बारेमा कसरी भन्ने ? त्यसैले मिलेन भने पनि हाम्रा मौसमविद्हरूलाई जिस्क्याउने काम बन्द गरियोस् भन्ने धरहराको अनुरोध छ है।

 

प्रतिक्रिया दिनुहोस्