निर्वाचन सुरक्षाका लागि सीमा नाका बन्द



विष्णु तिमिल्सिना, बर्दिया ।
यहि असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि बर्दिया जिल्लाका सबै मतदान केन्द्रहरुमा निर्वाचनको तयारी पूरा भएको छ ।

निर्वाचनलाई शान्तीपूर्ण बनाउनको लागि सोमबार बिहान देखि भारतीय सीमा नाका ७२ घण्टासम्मको लागि बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाका अनुसार सीमा पारीबाट आई निर्वाचनलाई प्रभावित गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै विगतमा जस्तै यसपटक पनि सीमा नाका बन्द गरिएको कुरा बताउनु भयो ।

यसबाट जिल्लाको टिकुनिया, कतर्नियाघाट, कोठियाघाट, ताराताल, सुरजपुर, रजनवा, लौकाही, बलैगाउँ क्षेत्रबाट नेपाल प्रवेश गर्ने र नेपालबाट भारततर्फ जाने यात्रुहरु प्रभावित भएका छन् ।

निर्वाचनलाई शान्तपूर्ण बनाउनको लागि आइतबार देखि मतदान स्थलको ३ सय मिटर वरपर मदिराजन्य वस्तु निर्वाचन नहुन्जेल सम्मको लागि निषेध गरिएको छ ।त्यसैगरी राती ९ बजे देखि सबै होटेलहरु बन्द र मदिराजन्य वस्तुहरुको बिक्री वितरण बन्द गर्ने निर्णय स्थानीय प्रशासनले बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्