सवारी दुर्घटनामा मृत्यु



नेपाल समाचारपत्र, काठमाडौं ।
बारा 
बिरामी भई उपचारको लागि ना.३८ प ३६१२ नम्बरको मोटरसाइकलमा वीरगञ्जतर्फ लैजाने क्रममा निजगढ नगरपालिका–९ स्थित भमरा पुल नजिक सोमबार मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएकी  मोटरसाइकल चालककी आमा ५० वर्षीया गायत्री देवीको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ
 बेलबारी नगरपालिका–१० भाउन्ने जंगलस्थित पुर्व–पश्चितम लोकमार्गमा हाल नाम, थर, वतन नखुलेकी करीव २२ वर्षीया महिला सवारी साधनले ठक्कर दिएर मृत्यु भएको अवस्थामा आइतबार फेला परेकी छन् । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्