सम्भावना भए पनि विकास भएन



मोतीराम तिमल्सिना, काभे्र ।  प्रदेश ३ को राजधानी बन्ने चर्चा पाएको र बनाउन लविङ्ग शुृरु गरिएको काभ्रेपलाञ्चोक जिल्ला सम्भावना भएर पनि बत्ति मुनीको अँध्यारो जस्तै भएको उद्योगी ब्यवसायीहरुले बताएका छन् ।

‘सम्भावना नै सम्भावना भएको जिल्लामा उद्योग ब्यवसायहरु संचालन हुन सकेका छैनन’–नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले बताए । काभ्रे उद्योग बाणिज्य सघंले जिल्लाका १३ वटा स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, बनेपा नगरपालिकाका १४ वटाका वडा अध्यक्षहरु, नेपाल पत्रकार महासंघका अध्यक्ष, नेपाल उद्योग बाणिज्य संघबाट निर्वाचित ब्यक्तिहरुलाई बधाई तथा शुभकामनाका साथ सम्मान गरेको छ ।

जिल्ला अध्यक्ष एवं भर्खरै केन्द्रिय सदस्यमा निर्वाचित सुरकृष्ण बैद्यले उद्योगी ब्यवसायीहरुलाई राज्यले हेर्ने दृष्टिकोण फरक बनाउनु पर्ने बताएका थिए । काभ्रेपलाञ्चोक जिल्ला अथाहा सम्भावना बोकेको जिल्ला भएकाले सरकारका हरेक कार्यक्रमहरुमा सहभागिता भए पनि चासो कम दिएको बताए । कार्यक्रममा केन्द्रिय अध्यक्ष भवानी राणाले सरकारसँग हातेमालो गर्दै उद्योगी ब्यवसायीहरु मुलुकको आर्थिक सम्वृद्धताका लागि अगाडी बढ्ने बताईन् । एक खम्बे अर्थनीति उद्योगी ब्यवसायी भएकाले ब्यवसायीहरुको सहयोगमा राज्यले आर्थिक सम्वृद्धता हासिल गर्ने भएकाले ब्यवसायीमुखी कार्यक्रम ल्याउन सरकार र जनप्रतिनिधिलाई उनले सुझाव दिईन ।

कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजधानीबाट नजिक भएर पनि पछि परेको काभ्रेपलाञ्चोक जिल्लाका थुप्रै सम्भावना भए पनि सरकारसँग लविङ्ग हुन नसकेको बताए । ६ लेनको सडक धुलिखेलसम्म निर्माण गर्न ढिलाई भईरहेको भन्दै त्यसको पहल गर्न, डोमेस्टिक एयरपोर्ट तत्काल निर्माण कार्य अगाडी बढाउन र उद्योगहरु संचालनका लागि खाका र गुरुयोजना बनाउन सुझाव दिए । प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठले सरकारले ब्यवसायीहरुलाई दोहोरो कर लिएर मारमा पारिरहेको बताउँदै फोहोर मैला ब्यवस्थापन जस्ता कार्यक्रममा उद्योगी ब्यवसायीहरुलाई सहयोगी बनाउन सुझाव दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिनाले जिल्लामा एकिकृत विकासका योजनाहरु र उद्योग धन्दा संचालनमा विशेष ध्यान दिन सुझाव दिदै प्रदेश नम्वर ३ को राजधानी काभ्रेपलाञ्चोकमै बनाउन पहल गर्न आग्रह गरे ।

बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले बनेपालाई ऐतिहासिक नगर बनाउन भ्रष्टाचारमुक्त नगर र विकासबाट सम्वृद्ध नगर बनाउन सबैको साथ र सहयोगको अपेक्षा रहेको बताए । काभ्रे उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष दियेशरत्न शाक्य, उपाध्यक्ष प्रकाश मानन्धर, भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठ, महासचिव प्रताप बैद्य लगायतले काभ्रेपलाञ्चोक जिल्लामा भएको सम्भावना र जनप्रतिनिधिहरुले खेल्नु पर्ने भूमिकाका बारेमा मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्