मतदातमा योगेशको अपिल – ढुक्कसँगले मतदानमा भाग लिनुस



रविन भट्टराई, ताप्लेजुङ ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले सबैलाई शान्तिपूर्ण ढंगले आफ्नो स्ववेविक प्रयोग गरी मतदान गर्न मतदाताहरुमा अपिल गर्नु भएको छ ।

निर्वाचनको लागि गृह जिल्ला ताप्लेजुङमा दुई हप्ता अघि देखि रहनु भएको सचिव भट्टराईले सोमबार पत्रकारहरुसगँ कुराकानी गदै निर्वाचनलाई सफल बनाउन सवैमा आग्रह गर्नुभएको हो । एमाले प्रचार विभाग प्रमुख समेत रहनु भएका सचिव भट्टराईले आपसी सद्भाव कामय गदै सबै राजनीतिक दलहरुलाई निर्वाचन सफल बनाउन आग्रह गर्नुभयो ।

उहाँले निर्वाचन क्रममा सत्ता पक्षबाट निर्वाचन आचारसंहिता ब्यापक उलङघन भएको भन्दै निर्वाचन आयोगको ध्यानाकषर्ण समेत गराउनुभयो । सचिव भट्टराईले निर्वाचनमा सुरक्षा निकाय, नेपाल सरकार सबैले आफ्नो दायित्व अनुसार काम गर्नुपर्ने बताउदै सत्ताको दुरुपयोग गरेमा एमाले चुप लागेर नबस्ने चेतावनि समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्