महोत्तरीमा व्यवसायिक आँप खेती सुरु



लक्ष्मी कुमार साह,महोत्तरी ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत दुई दिने व्यवसायिक आँप कार्यक्रम सुरु गरिएको छ ।

कृषि उद्यम केन्द्रको सहयोग एवम् एक गाउँ एक उत्पादन व्यवसायिक आँप कार्यक्रम जिल्ला कार्यान्वयन समिति जलेश्वरको आयोजनमा जलेश्वरस्थित जलेश्वर उद्योग वाणिज्य संघको सभाहाँलमा सोमबारदेखि व्यवसायिक आँप कार्यक्रम सुरु भएको छ ।

जलेश्वर नगरपालिकाको हरेक वडाबाट तीन जना गरि जम्मा ३६ जना किसानहरुको लागि यो अाँप तालिम सुरु गरिएको कार्यक्रमका सदस्य सचिव गजेन्द्र गुप्ताले बताउनुहुदै मंगलबारदेखि एक हत्पासम्म निरन्तर जलेश्वरमा आँप प्रदर्शनी, संकलन एवम् विक्री वितरण कार्यक्रम गरिने समेत बताए ।

सो कार्यक्रममा प्रशिक्षक जिल्ला कृषि कार्यालय महोत्तरीका बालि विकास अधिकृत रामसोगारथ मण्डलले उन्नत प्रविधि, आधुनिक नर्सरी विकास, विरुवामा लाग्ने विभिन्न रोग, किटनाशक औषधी र त्यसको प्रयोग तथा व्यवसायिक आँप उत्पादनबारे जानकारी दिए ।

जलेश्वर उद्योग वाणिज्य संघका महासचिव अजित कुमार चौधरीले यस्तो तालिमबाट जिल्लालाई आँप उत्पादनको जिल्ला भनेर चिनाउन सहयोग गर्ने वताउनुहुदै यस्तो कार्यक्रमहरुको निरन्तरता हुनुपर्ने वताए ।

तालिममा व्यवसायिक आँप कार्यक्रम जिल्ला कार्यान्वयन समितिका सदस्य रंजीत कुमार राउतले सहभागी कृषकहरुलाई आँप खेतीबारे आवश्यक जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्