निर्वाचनको मिति नजिकिदै जाँदा चुनावी प्रचार तिव्र



कविराज नेपाल, पाल्पा ।   दोस्रो चरणको निर्वाचन असार १४ गते  नजिकिदै  जाँदा पाल्पा जिल्लामा चुनावी प्रचारको गति तिव्र हुदै गइरहेको छ । करिव दुइ महिना अघि देखि नै निर्वाचनका विभिन्न गतिविधिहरु अघि वढाएका दलले चुनावी मिति नजिकिदै जाँदा  आफ्नो पकड क्षेत्रलाई भन्दा विपक्षीको राम्रो प्रभाव भएको क्षेत्र रोजेर निर्वाचनका लागि घरदैलो र मतदान गर्ने तरिका सिकाउदै चुनावी सभा  गरी कार्यक्रमलाई तिव्रता दिएका हुन ।
दलहरुले घरदैलोको क्रममा मतदाताहरु संग ५ बर्षभित्र गर्ने विकास निर्माणका योजनाहरु प्रस्तुत गर्दै आ आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन ।

दुइ नगर पालिका र ८ वटा गाउ पालिका रहेको पाल्पमा  ११ वटा राजनितिक दलले निर्वाचन कार्यालयमा दल दर्ता गराएता पनि आसन्न निर्वाचनमा  ७ दलले मात्र उम्मेदवारी दिइ सहभागिता जनाएका छन । खासगरी नेपाली काग्रेंस, नेकपा एमाले, र नेकपा माओवादी केन्द्र राप्रपा , जनमोर्चा र जनमुक्ति पार्टी ले प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रम आयोजना गरी मतदाता समक्ष आ आफ्ना योजना तथा घोषणापत्र प्रस्तुत गरी  आर्कषित बनाउन थालेका छन ।

चुनावी मुद्दा

चुनावी मुद्दालाई सम्वोधन गर्ने क्रममा जिल्लाका ठूलादल देखि साना दलहरुले समेत खानेपानी,सडक ढल,पर्यटन विकास तथा सीमान्तकृत समूहलाई प्राथमिकता दिदै भोट माग्ने र मतदाता आर्कर्षित गरेका छन ।
नेपाली काँग्रेसको तर्फबाट तानसेन नगर पालिकाको  मेयर पदका उम्मेदवार वनेका  अजयमान कर्माचार्यले आफु मेयरमा विजयी भएमा पहिलो निर्यण अल्पसंख्यक, दलित जनजाती महिलाको लागि नगरपालिकाको तर्फबाट निःशुल्क रुपमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्ने बताउछन । तानसेनलाई सफा सुन्दर र आधुनिक शहरको रुपमा विकास गर्ने मेयर पदका उम्मेदवार कर्माचार्यले प्रतिवद्धता जनाएका छन  ।
त्यस्तै नेकपा एमालेका मेयर पदका उम्मेद्वार अशोककुमार शाहीे तानसेनलाई पहाडी क्षेत्रकै नमूना आधुनिक शहरको विकास गर्ने, ५ वर्षभित्र उपमहानगरपालिको रुपमा तानसेनलाई रुपान्तरण गर्ने आफनो योजना भएको वताउछन । उनले तानसेन एक घर परिवारमा एक शेयरको अभियान शुरु गरी नगरबासीकै लगानीमा, रुरु क्षेत्रमा जलविद्युत योजना सञ्चालन गरी तानसेनलाई विद्युतमा आत्मनिर्भर बनाउने , रुरु क्षेत्र ऋषिकेश मन्दिरलाई नेपालको प्रमुख धार्मिक तिर्थस्थलको रुपमा विकास गरी धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन  ।

नेकपा माओवादी केन्द्रकी मेयर पदकी उम्मेद्वार प्रतिक्षा सिंजालीले तानसेनलाई भष्ट्राचारमुक्त शुसासनयुक्त नगरको रुपमा विकास गर्ने, सेवा प्रवाहमा छिटो छरितो गर्ने,लैगिक हिंसाको अन्त्य गरी विधुवा महिलालाई विशेष प्रकारको सुविधा प्रदान गर्ने, गाउँ–गाउँमा सिहदरवारको अधिकार स्थापित गर्ने बताइन ।

राप्रपाका मेयर पदका उम्मेद्वार रेवन्तबहादुर विष्टले तानसेनमा शान्ति स्थापना गरी नगरमा शुसासन कायम गर्न हिन्दु धर्मको रक्षा गर्ने, आपूmले उम्मेद्वारी दिएको बताए । आफू मेयर पदमा विजयी भएमा आफ्नो सम्पूर्ण तलव भत्ता गरिव परिवारमा खर्च गर्ने प्रतिवद्धता जनाए ।
राष्टीय जनमोर्चाका मेयर पदका उम्म्ेद्वार टीकाराम पौडेलले तानसेनमा देखिएको विद्युत अनियमितालाई अन्त्य गर्ने, देशको राष्ट्रियता बचाउन, संघीयता हटाउन जनमोर्चालाई मतदान आग्रह गरेका छन  ।

२ नगरपालिका र ८ गाउँपालिका रहेको पाल्पामा ८७ हजार ७ सय ९२ महिला र ८० हजार ५४ पुरुष र १ जना तेस्रो लिङ्गी गरी १ लाख ६२ हजार २ सय ५३ मतदाता रहेका छन । २११ मतदानस्थल र ११८ मतदानकेन्द्र रहेको पाल्पामा  निर्वाचन सम्पन्न गराउन १ हजार २ सय ६६ जना कर्मचारी निर्वाचन कार्यालयले खटाएको छ ।

निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र सहायक कर्मचारीहरुल्ो आ आफ्नो क्षेत्रमा पुगी मतदाता परिचयपत्र वितरण कार्य र मतदान कार्यलाई सघाउने गरी नियुक्ति लिइ कार्यक्षेत्रमा जानेक्रम सुक्रवार देखि नै सुरु भै  सकेको र आइतवार सम्म सवै कर्मचारी सम्वन्धित क्षेत्रमा पुगी कार्य सुरु गरिसक्ने निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्