तीज गीतमा साइको पर्यो



गायक लोकेन्द्र शाहीले साइको पर्यो यार बोलको तीज गीत म्युजिक भिडियोसहित दर्शकमाझ ल्याएका छन्।

कर्ण सन्ज्यालको लय, शब्द र संकलन रहेको गीतमा लोकेन्द्रलाई रीता केसीले स्वरमा साथ दिएकी छन्।

युट्युबबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा यादव देवकोटा ‘सरापे’, काजिश श्रेष्ठ र रिना थापाले कम्मर मर्काएका छन्।

काजिशकै निर्देशनमा रहेको भिडियोलाई सागर गौतमले छायांकन गरेका हुन् भने सुजन शाहीले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्