उम्मेदवारलाई खर्चकै चिन्ता



कृष्णउदास खनाल, वीरगन्ज ।  वीरगन्ज महानगरपालिकाको मेयरका लागि प्रश्ताविक नेपाली काँग्रेसका उम्मेदवार अजय द्विवेदी निकै चिन्तामा छन् ।

उनी चुनाव सरेकोमा भन्दा पनि चुनाव सरेपछि बढ्ने खर्चको बिषयमा चिन्तित छन् ।  असार १४ गते नै चुनाव सम्पन्न भएको भए तीन भागको एक मात्रै खर्च गरेर पुग्ने आंकलनमा रहेका वीरगन्जको मेयर पदका आंकांक्षीहरुले अब तेब्बर खर्च गर्नुपर्ने पिरलोले उनीहरुको दैनिकी गडबढिएको छ ।खासगरी दशैंकै मुखमा चुनावको घोषणा भएका कारण खर्चले धान्न अलि समस्या पर्ने खतरा देखिएको द्विवेदी बताउछन् । फोरम नेपालका तर्फबाट वीरगन्जको मेयरमा प्रश्ताविक भएका बिजय सवरागीको पनि चिन्ता यस्तै छ ।  उनी उधोगी पनि हुन् ।

दशैंको बेला सबैलाई चित्त बुझाउने क्रममा चुनावले गर्दा खर्च बढ्ने संभवना यसै बढेको उनी तर्क गर्छन् । निर्वाचन पछाडी धकेलिदा खर्चको जोहो गर्न निकै कठिन हुने संभावना सबै दलका वीरगन्जका मेयरका उम्मेदवार तथा आकांशीहरुले गरेका छन् । वीरगन्ज यसैपनि खर्च बढी हुने शहर भएका कारण दशैंको मुखमा चुनाव हुंदा खर्च बढ्दा आफूहरु मारमा पर्ने उनीहरु बताउछन् ।  बिशेषगरी वीरगन्ज फजुल खर्चको सवालमा निकै महंगो शहर भएकाले पनि चुनाव पछी धकेलिदा खर्च झनै बढ्ने देखिएको हो । सरकारले चुनावको पहिलो चरणकै घोषणा गरेदेखिनै पर्सामा चुनावको नाउमा भोज भरेत अप्रत्यक्ष रुपमा शुरु भइरहेको र यो क्रम अहिले पनि चलेको छ ।

फजुल खर्चहरु मासु,मदिरा तथा केहीलाई नगद समेत दिएर उम्मेदवार तथा आकांक्षीहरु आफूतिर तान्ने कार्यमा सकृय रहेको दलहरुका कार्यकर्ताहरुले नै बताएका छन् । वीरगन्जका बौद्धिक समाजले पनि निर्वाचन सरेकोमा चिन्ता ब्यक्त गर्दै खर्चको जोहोका लागि उम्मेदवारलाई निकै सकस हुने बताएका छन् । वीरगन्जका पत्रकार तथा नागरिक समाजका ब्यक्तिहरुले दशैंको मुखमा स्थानीय तहको निर्वाचन पर्सा सहितको दुई नम्बर प्रदेशमा गर्ने निर्णयले उम्मेदवारको खर्च बढ्ने तर्क गरेका छन् ।  आर्थिक नगरीको समेत पगरी गुथ्ने गरेको वीरगन्जका लासिग असोज २ गते हुने स्थानीय तहको निर्वाचन निकै महंगो हुने आंकलन गरिएको छ ।

चुनावको बाहनामा उधोगी ब्यापारीहरु समेत प्रताडित हुने पर्ने भन्दै उधोगी ब्यवसायीहरुले पनि भित्रभित्र निर्वाचन सरेकोमा भने चिन्ता जनाएका छन् । एक उधोगीका अनुसार राजनीतिक दलहरुलाई आन्दोलनदेखि निर्वाचनसम्म सघाउनु पर्ने हुंदा टाट पल्टिने अवस्था रहेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्