आर्यन र निश्चल फाइनलमा



 

काठमाडौं, (नेस)
चौथो नेपाल जुनियर ओपन लन टेनिस च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको खेलमा आर्यन गिरी र निश्चल अधिकारी फाइनलमा प्रवेश गरेका छन्।
प्रतियोगिताको ब्याइज अन्डर–१२ को सिंगल्सतर्फ भएको सेमिफाइनल खेलमा आर्यनले आदित्य सुवेदीलाई ७–६, ६–३ ले तथा निश्चलले चिराग तिमिल्सिनालाई ६–२, ४–६, ६–३ को सेटमा पराजित गरेका हुन्। सोही उमेर समूहअन्तर्गत गल्र्सतर्फ भएको खेलमा रायना शाहले ईशाश्री शाहलाई ६–१, ६–२ ले तथा शरभानी श्रेष्ठले आइशा गुरुङलाई ६–०, ६–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरिन्।

प्रतियोगिताको अन्डर–१० अन्तर्गत पुरुष सिंगल्सको सेमीफाइनलमा आरभ हाडा र प्रणव मानन्धर पनि फाइनलमा प्रवेश गरेका छन्। यस्तै अन्डर–९ को ब्याइजतर्फ राजवीर प्रधान र सक्षम शाह तथा गल्र्समा प्रशंसा मोक्तानले सेमीफाइनलमा जित हासिल गरेका छन्। यसै गरी अन्डर–१४ ब्याइज सिंगल्सतर्फ सम्यक वज्राचार्य र आदित सुवेदी तथा अन्डर–१८ पुरुष सिंगल्सतर्फ संरक्षक बीबी विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्