कोही राजा वा रानी बन्न चाहन्नन्ः ह्यारी



 

लन्डन, (एजेन्सी)
बेलायतका राजकुमार ह्यारीले अमेरिकी पत्तिका न्युजविकलाई शाही परिवारका कुनै पनि सदस्य राजा वा रानी बन्न नचाहेको तर सही समयमा आफूहरूले आफ्नो उत्तरदायित्व भने निभाउने बिहीबार बताएका छन्।

न्युजविकले शाही परिवारका कुनै पनि सदस्य राजा वा रानी बन्न इच्छुक छन् भनी सोधिएको प्रश्नको जवाफमा उनले आफूलाई त्यस्तो नलागेको तर शाही सदस्यहरूले जनताकै भलाइका लागि आफ्नो कर्तव्य निभाउँदै आएको जवाफ दिएका थिए।

साथै उनले आफू १२ वर्षको उमेरमा आफ्नी आमा युवराज्ञी डायनाको अन्त्यिेष्टिमा सरिक भएको र कुनै बालकलाई त्यसका लागि आग्रह गर्नु नपर्ने पनि बताएका छन्।

सन् १९९७ मा ह्यारी राजधानी लन्डनको सडकमा आफ्ना पिता प्रिन्स अफ वेल्स, हजुरबुबा ड्युक अफ एडिनवर्ग, १५ वर्षीय दाज्यु ड्युक अफ क्याम्ब्रिज र काका अर्ल स्पेन्सरसंग डायनाको मलामीमा सरिक भएका थिए।

प्रतिक्रिया दिनुहोस्