उत्कृष्ट शिक्षा



 

श्रीलालीगुराँस बहुद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित श्री लालिगुराँस राष्ट्रिय उमावि⁄कलेज, काठमाडौंको शंखमूलमा छ। यस कलेजमा प्लस टु कार्यक्रमअन्तर्गत विज्ञान, व्यवस्थापन र मानविकीका साथै त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा बीबीएस र एमबीएस को कक्षा सञ्चालन गर्ने तयारीसमेत गरेको छ। प्रोफेसनल कोर्षअन्तर्गत सिएकार्यक्रम सञ्चालन गरिएको छ।

बीसीए प्रोसेसमा छ। अत्याधुनिक भौतिक सुविधा सु–सम्पन्न यस कलेजमा लाइब्रेरी र विज्ञान, कम्प्युटर, तथा होटल म्यानेजमेन्ट जस्ता प्रयोगात्मक विषयका लागि स्तरीय ल्याबहरुको व्यवस्था छ। यातायातको सुविधा, आधुनिक क्याफ्टेरियाको राम्रो व्यवस्था छ। कलेजका सम्पूर्ण कक्षाहरुमा सीसीटीभी जडान गरी विद्यार्थीहरुका दैनिक क्रियाकलापहरुको अवलोकन गरी सम्बन्धित विद्यार्थीलाई फिडब्याक पनि दिइन्छ। कलेजका प्राचार्य माधवप्रसाद पाण्डेले दक्ष र अनुभवी प्राध्यापक, नियमित लिइने आन्तरिक परीक्षाहरु, कमजोर विद्यार्थीहरुलाई निःशुल्क अतिरिक्त कक्षाको व्यवस्थाका कारण यस कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको दाबी गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘विद्यार्थीको भीड बढाउने भन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न उमावि सक्षम छ।

विगत १७ वर्षदेखि सञ्चालनमा रहेको यस उमावि तथा कलेजले हजारौंको संख्यामा जिम्मेवार, अनुशासित र दायित्व बोध गर्ने सक्षम नागरिक उत्पादन गरेको छ। यस कलेजबाट उत्पादन गरिएका विद्यार्थीहरु नेपाललगायत विश्वका विभिन्न देशहरुमा अध्ययन गरिरहेका छन्।
कुनै पनि विद्यार्थी वा अभिभावकलाई उच्च माविको छनोट गर्नुभन्दा अगाडि प्रत्यक्षरूपमा विभिन्न उच्च माविहरु भ्रमण गरी त्यहाँको प्रिन्सिपल, शिक्षकहरुलाई भेटी, त्यस कलेजको शिक्षण सिकाइको वातावरण बुझेर मात्र भर्ना गर्न राम्रो हुन्छ। तसर्थ, तडकभडक देखाई महँगो शुल्क लिने कलेजहरुको पछाडि कदापि विद्यार्थीहरु र अभिभावकहरु कुद्नुहँुदैन। यसका साथै कलेजले कस्तो खालको अनुशासन पद्धति छ त्यो पनि विचार गर्नु जरुरी छ। उमाविले विगतमा गरेको योगदानको छनोट गरेर मात्रै कलेज छनोट गर्नु उचित हुने उहाँको धारणा छ। विद्यार्थीले आफ्नो भविष्य हेर्ने हो भने कलेजले विगतमा गरेको शैक्षिक उन्नतिको मूल्यांकन गर्नु उचित हुन्छ।

प्रतिक्रिया दिनुहोस्