रियल स्कूल अफ नेपालको क्षेत्रीय फाइनल सम्पन्न



 

काठमाडौं, (नेस)
रियल स्कूल अफ नेपाल–२०१७ अन्तर्गत मध्यमाञ्चल चौंथो क्षेत्रीय फाइनल सम्पन्न भएको छ। काठमाडौंमा भएको फाइनलमा ग्यालेक्सी पब्लिक स्कूल विजेता घोषित भएको छ।

विजयी विद्यालयका सहभागी विद्यार्थीहरू आसियाना कार्की, सोनी खड्का, सक्षम चाटकुली, श्रेया महर्जन, यूभा राई र रामहरि बस्नेत रहेका थिए। विजयी विद्यालयले अन्य क्षेत्रीय प्रतिस्पर्धाका विजयी विद्यालय प्रतिस्पर्धासँग गर्नेछ। प्रतियोगितामा सिनियर तथा जुनियर समूहका क्रियाकलापको विभिन्न विजेता पनि घोषित भएका छन्। पाँचौं क्षेत्रीय फाइनल प्रतिस्पर्धा असार १२ गते काठमाडौं पश्चिममा हुनेछ।

प्रतिक्रिया दिनुहोस्