लुम्बिनी र गे्रट मायालाई उपाधि



 

नेपाल समाचारपत्र
काठमाडौं
लुम्बिनी र ग्रेट माया ‘ए’ले तेस्रो साइपल कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन्।

धुम्बाराहीस्थित आयोजक साइपाल एकेडेमीको कोर्टमा भएको गल्र्स फाइनलमा लुम्बिनीले धौलागिरीलाई ११–९ ले पराजित गर्यो। लुम्बिनीको जितमा प्रतीक्षा मगरले ६ अंक योगदान गरे। लुम्बिनीको टोलीमा प्रतीक्षासहित निलम शेर्पा, छिरिङ छोकी शेर्पा र पुनम भुजेलले प्रतिस्पर्धा गरेका थिए।

ब्वाइजको फाइनलमा ग्रेट मायाले ‘ए’ टिमलाई २१–१३ ले हरायो। विजयी टिमका लागि साहिल विष्टले ८ स्कोर गरे। विजेता टोलीका अन्य खेलाडीमा मिङमार छिरिङ शेर्पा, सोनाम तेन्जिङ र सुजन लिम्बू छन्। फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय प्रतीक्षा र साहिल ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए। दुवैले जनही ६० हजार बराबरको छात्रवृत्ति पुरस्कार स्वरूप प्राप्त गरे।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, साइपालका अध्यक्ष निरञ्जन चापागाईं र साइपालका प्रिन्सिपल सुमन नगरकोटीले एक कार्यक्रमबीच पुरस्कृत गरे। चारदिने प्रतियोगितामा ब्वाइजतर्फ ३७ र गल्र्समा २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्