दीपिकाको बोल्ड सुटले निर्देशक तनावमा !



 

पछिल्लो दिन बलिउड अभिनेत्री दीपिका कादुकोणको बोल्ड फोटोसुटले भारतमा चर्चा पाइरहेको छ। हलिउड फिल्म ट्रिपल एक्समा आफ्नो शानदार अभिनय गरेपछि उनले धेरैलाई आफूप्रति फिदा बनाएकी छिन्।

त्यस फिल्मका डाइरेक्टर डिजे करुसोले पनि फिल्मको सिक्वेलमा समेत दीपिकालाई लिने योजना बनाइरहेका छन्। यो खबरपछि दीपिका एक बोल्ड फोटोसुटमा अत्यन्तै हट अवतारमा देखिएकी थिइन्। उनका केही फ्यानले यस फोटोलाई निकै मन पराए भने प्रशंसा पनि गरे।

उनको यस बोल्ड फोटोसुटलाई लिएर एक अर्को खबर पनि आएको छ। एक भारतीय अनलाइनका अनुसार डाइरेक्टर सञ्जयलिला भञ्साली दीपिकाको यस बोल्ड फोटोसुटका कारण दीपिकासंग रिसाएका छन्। भञ्साली चाहँदैनन् कि उनको फिल्न पद्य्मावतीसँग अर्को एक विवाद पनि जोडियोस। यस कारण पनि भञ्साली यस फोटोसुटलाई लिएर उनीसँग रिसाएको समाचारमा उल्लेख छ।
दीपिका छिट्टै नै भञ्सालीको फिल्म पद्य्मावतीमा रानी पद्य्मावतीको भूमिकामा देखिनेवाली छिन्। भञ्सालीका अनुसार बोल्ड फोटोसुट गराउने यी अभिनेत्रीले पद्य्मावतीको भूमिका निर्वाह गर्न सक्दिनन्।

सञ्जय लीला भञ्साली र उनको टिम केही दिन अघिदेखि दीपिकासँग फिल्म पद्य्मावतीको काम गरिरहेका छन्। जब यस फिल्मको घोषणा भयो, तबदेखि नै यो चर्चा र विवादमा रहँदै आएको छ। कहिले फिल्मको सेटमा तोडफोड त कहिले भञ्सालीको बचपन्ना व्यबहारको साथ मारपिटका कारण फिल्म लगातार चर्चा र विवादमा रहँदै आएको छ। यति सब भइसकेकाले त्यसै पनि भञ्साली फिल्म फेरि विवादमा परोस् भन्ने चाहँदैनन्। त्यसमाथि फिल्मको हिरोइनको बोल्ड फोटोसुट बाहिरिएपछि उनी तनावमा रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्