दाङमा जवर्जस्ती करणीका घटनाहरु बढ्दै



घोराही, (नेस) ।

अघिल्लो बर्षको तुलनामा यस बर्ष दाङमा जबर्जस्ती करणीका घटना दोब्बरले वृद्धि भएका छन् ।

प्रहरीको तथ्यांक अनुसार आर्थिक बर्ष २०७२र७३ मा २० वटा जबर्ज्स्ति करणीका मुद्दा दर्ता भएकोमा यश बर्ष मा ३१ वटा मुद्दा प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जनाएका छन ।

जसमध्ये १६ वटा मुद्दा फर्चोैट भएका छन् । एक बर्षको अवधिमा घटेको विभिन्न घटनामध्ये जबर्जस्ती करणी सातोैँ नम्बरमा परेको छ ।

विभिन्न २१ वटा मुद्दाको महल (शिर्षक) मध्ये सङख्याको आधारमा जबर्जस्ती करणी सातोैँ नम्बरमा परेको हो। प्रहरीको प्रतिबेदन अनुसार आर्थिक वर्ष २०६९÷७० मा ३, आर्थिक बर्ष २०७०÷७१ मा ९, आर्थिक बर्ष २०७२÷७२ मा पनि ९, आर्थिक बर्ष २०७२÷७३ मा २० र आर्थिक बर्ष २०७३÷७४ मा ३१ वटा जबरजस्ती करणीका मुद्दा प्रहरीमा दर्ता भएका छन्। त्यसैगरि करणीको प्रयासमा पनि वृद्धि भएको देखिन्छ ।

पत्रकार सागर थापासंग दाङका प्रहरी प्रमुख एसपि धिरजप्रताप शिंहले जिल्लामा जबरजस्ती करणीका घटनाहरु बढ्दै गएको र निराकरणका लागी बिशेष निगरानी राखिएको बताउनुभयो । पछिल्लो समय करणीका घटनामा वृद्धि हुन थाले पछि विभिन्न दृष्टिकोणले ब्याख्या र बिश्लेषण गरिन थालिएको छ ।

अघिल्लो साउन महिनादेखि यस बर्षको असार महिनासम्म एक बर्षको अवधिमा विभिन्न ५ सय ३९ वटा विभिन्न घटना दर्ता भएको छ ।

यी घटनामध्ये केही आत्महत्या पहिलो, भबितब्य ज्यान दोस्रो र सवारि ज्यान तेस्रो नम्बरमा परेको छ ।

प्रहरीको प्रतिबेदन अनुसार कर्तव्य ज्यान १५, ज्यान मार्ने उद्योग १८, जबर्जस्ती करणि उद्योग ३२,अबैध लागुऔषध ८, सवारि ज्यान ५७, झुन्डिएर आत्महत्या ९६, केही सवारि ज्यान ८, बीस सेवन गरि आत्महत्या ४९, चोरि ९, भवितव्य ज्यान ७९, फुटकर ज्यान ३९, ज्यान सम्बन्धि २ गौबध १, बेबारिसे ज्यान १, केही सार्वजनिक अपराध ३९, जुवा ५, हायहतियार खरखजना २, मानवबेचबिखन २, आगलागि ११, बोक्सि आरोप १ सहित ५ सय ३९ वटा घटनाहरु दर्ता भएको छन् ।

प्रतिक्रिया दिनुहोस्