यो ल्याइदिन्छु, त्यो ल्याइदिन्छु



 

दोस्रो चरणको निर्वाचन नजिकिएको छ। त्यसैले अहिले हाम्रा नेताजीहरूको भाषण मात्रै सुन्नुपर्छ के के मात्रै ग्रहण गर्न पाइन्छ पाइन्छ।

यता यो बनाइदिन्छु भनेको छ, उता त्यो बनाइदिन्छु भनेको छ। हैट, निर्वाचनपछि त ती बनाइदिएका कुरा हेर्दा नै नेपाली जनता त अघाउने होलान्। सायद खानु पनि पर्दैन कि ? धरहरा वरपर आएर अहिले यस्तै कुरा गर्नेहरूको जमघट निकै बाक्लिएको छ। पाठकहरूलाई कस्तो लाग्छ कुन्नि ?

पहिलो चरणका निर्वाचनमा निर्वाचित भइसकेकाहरूको पारा देखिसकेकाहरू भने कसले कति ढाँट्न सक्दो रहेछ भनेर अहिले टिभी र पत्रपत्रिका हेर्दै अनि पढ्दै मुसुमुसु हाँसिरहेको समेत देख्न थालिएको छ।

निर्वाचनअघि केही पुर्याइदिइहाल्नुपर्दैन क्यार। क्या आनन्द। जे भने पनि भइहाल्यो। धरहरा पनि भन्दिम् कि के हो– यो … ल्याइदिन्छु। त्यो… ल्याइदिन्छु। लु जा।

प्रतिक्रिया दिनुहोस्