तेह्रथुममा स्वतन्त्र ६ सहित १६ जनाले लिए उम्मेदवारी फिर्ता



रविन भट्टराई, तेह्रथुम ।
तेह्रथुममा स्थानिय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका १६ जनाले आप्mनो उम्मेदवारी फिर्ता लिएका छन् ।

 

जिल्ला निर्वाचन कार्यालयका अनुसार विभिन्न राजनीतिक दलहरुबाट बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका प्रमुख पदका ६ सहित १६ जनाले नाम फिर्ता लिएका हुन् ।

जसमा लालीगुराँस नगरपालिकाका दुई जना र छथर गाउँपालिकाका चार जना प्रमुख पदका उम्मेदवारले नाम फिर्ता लिएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताए ।

यस्तै लालीगुराँस नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका विरबहादुर लिम्बु र ईश्वर श्रेष्ठ तथा छथर गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिएका कृष्णप्रसाद दाहाल, गोविन्दबहादुर सुनुवार, भिमकुमार लिम्बु र दिलप्रसाद लिम्बुले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

दुई नगरपालिका र चार गाउँपालिका मध्ये ७ जना वडाध्यक्ष, दुई जना खुला सदस्य र १ जना दलित सदस्यले पनि उम्मेदवारी फिर्ता लिएका हुन् । नाम फिर्ता लिनेमध्ये १३ जना विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता गराउनेहरु रहेका छन् । जिल्लामा २ सय २७ पदका लागि ७ सय ८६ जनाले नाम दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्