मोरङमा चार हजार तीनसय सतासी जना चुनावी मैदानमा



 

विराटनगर, ६ असार । मोरङको सत्रवटा स्थानीय तहको आठसय उन्नतीसवटा विभिन्न पदका लागि हुन गइरहेको निर्वाचनमा चार हजार तीन सय सतासी जना चुनावी मैंदानमा होमिएका छन् ।

चार हजार ४३१ जनाले उम्मेद्वारी दर्ता गराएकामा आज ४४ जनाले उम्मेद्वारी फिर्ता लिएकाले सो बराबराका उम्मेद्वार चुनावी मैदानमा होमिएको हो ।

विराटनगर महानगरपालिकाको ९७ पदका लागि ७१४ जनाले उम्मेद्वारी दर्ता गराएकामा आज ११ जनाले उम्मेद्वारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ ।

त्यस्तै, जिल्लाको आठवटा नगरपालिकामध्येबाट रङ्गेलीको ४७ पदका लागि २४९ जनाले उम्मेद्वारी दर्ता गराएकामा कसैले पनि फिर्ता नलिएको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

सोहीअनुरुप, उर्लाबारीको ४७ पदको लागि २१४ जनामध्येबाट चार जना, लेटाङको ४७ पदको निर्वाचनका लागि १७२ जनामध्येबाट दुई जना, सुन्दरहरैचाको ६२ पदका लागि ३५३ जनामध्येबाट तीन जना, सुनवर्षीको ४७ पदका लागि २४६ जनामध्येबाट एक जना, पथरी–शनिश्चरेको ५२ पदका लागि २९१ जनामध्येबाट एक जना, रतुवामाईको ५२ पदको निर्वाचन २५५ जनामध्येबाट पाँच जना र वेलवारीको ५७ पदका लागि हुने निर्वाचनका लागि २९५ जनाले उम्मेद्वारी दर्ता गराएकामा दुई जनाले फिर्ता लिएका छन् ।

त्यसैगरी, आठवटा गाँउपालिकामध्येबाट जहदाको ३७ पदका लागि हुने निर्वाचनका लागि २५५ उम्मेद्वारी दर्ता गराएकामा दुई जनाले फिर्ता लिएका छन् । धनपालथानको ३७ पदका लागि २१३ मध्येबाट पाँच जना,बुढीगङ्गाको ३७ पदका लागि २०८ जनामध्येबाट कसैले पनि फिर्ता नलिएको,कटहरिको ३७ पदका लागि २१५ जनामध्येबाट दुई जना,कानेपोखरीको ३७ पदका लागि १५५मध्येबाट दुई जना,,केराबारीको ५२ पदका लागि १९३ जनामध्येबाट एक जना,मिक्लाजुङ्गको ४७ पदका लागि १८६ जनामध्येबाट उम्मेद्वारी फिर्ता भएको छैन् भने ग्रामथानको ३७ पदको निर्वाचनका लागि २१३ जनामध्येबाट तीन जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।

यसैबीच आजै स्वतन्त्र उम्मेद्वारहरुलाई चुनाव चिह्न निर्वाचन अधिकृतको कार्यालयले प्रदान गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्