एकसय छत्तीस मतदानस्थल संवेदनशील



 

तुलसीपुर (दाङ), ६ असार । यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दाङ प्रशासनले यहाँका चारवटा मतदान स्थललाई अतिसंवेदनशील, १३६ वटालाई संवेदनशील र ११ वटा मतदान स्थललाई सामान्यको सूचिमा राखेको छ ।
जिल्लामा निर्वाचनको समयमा सबैभन्दा बढी सुरक्षा चुनौतीको रुपमा नेपाल कम्युनिष्ट पार्टीको (विप्लव) गतिविधिलाई लिइएको छ ।

त्यसैगरी अन्य चुनौतीका रुपमा नेपाल भारतको खुल्ला सिमाना, सडकको पहुँच नहुनु, निर्वाचन विथोल्न सक्ने शक्ति र विगतका अवस्थालाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा सर्तकता अपनाएको प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिनुभयो ।

दाङमा स्थानीय तह निर्वाचनका लागि १५१ वटा मतदान स्थल, ३५१ मतदान केन्द्र निर्धारण गरिएको छ । दुईवटा उपमहानगरपालिका, एउटा नगरपालिका र सात गाउँपालिकामा गरी दुई लाख ९१ हजार १५० मतदाता छन् । रासस

प्रतिक्रिया दिनुहोस्