मेयर पदका स्वतन्त्र उम्मेदवार भट्टराइद्धारा २८ बुद्धे प्रतिबद्धता



भद्रपुर (ने.स) । भद्रपुर नगरपालिकालाई भष्ट्राचार,कालो बजारी र घुषखोरी लगायत सामाजिक अपराधको नियन्त्रण गर्दै सर्वसाधारण सम्म सेवामा पहुँच पुर्याउने उदेश्य राखी मेयर पदका स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद भट्टराईले २८ बुद्धे प्रतिबद्धता पत्र सार्वजानिक गरेका छन् । साविक चन्द्रगढी गाविस अध्यक्ष समेत रहेका भट्टराइले मुख्य निर्वाचन अधिकृतको कार्यालयवाट आसन्न स्थानीय तहको निर्वाचनका लागी मंगलवार दुई बाबालिका अंकित स्वतन्त्रको चुनाव चिन्ह प्राप्त गरेसगै पत्रकार सम्मेलनको आयोजना गरि नगरमा गरिने कामको प्रतिबद्धता घोषणा गरेका हुन् ।

 

अनावश्यक दलगत स्वार्थ तथा दबाववाट मुक्त रही नगरलाई रचनात्मक विकास गरि पर्यटकिय साथै औधोगीक तथा व्यापारिक केन्द्रको रुपमा स्थापित गराएर अर्गानिक जोन शहर बनाउने बताएका छन् ।

उनले शिक्षा साहित्य, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन, धर्मसंकृति, सामाजिक सुरक्षा, उद्योग व्यवसाय, वित्तिय क्षेत्र, सडक, विद्युत लगायतमा आफ्नो कामको प्रतिबद्धता रहेको पत्रमा उल्लेख गरेका छन् । साविक चन्द्रगढी गाविसमा दश वर्ष निर्वाचित अध्यक्षमा रहेर विभिन्न क्षेत्रका महत्वपुर्ण १७ ओटा विकास निर्माण तथा सामाजिक संघसस्थामा योगदान पुर्याएको पत्रमा स्मरण गराउदै नगरलाई समुन्नत बनाउन मसग अनुभव रहेको भट्टराइले दाबी गरेका छन् ।

जुनसुकै क्षेत्रमा राजनितिकको गन्ध मिसिएकोले दलभन्दा माथी रहेर नगरको विकासकालागी जिवन्त दिने उनको भनाई छ । प्रतिबद्धता पत्र सार्वजानिक मात्र हैन गरेर देखाउनसक्ने क्षमता विगतको भोगाईले सिकाएको उनले बताए ।

 

२०२८ सालमा नेकपा माले पार्टीबाट राजनितिक क्षेत्रमा प्रवेश गरेका भटटराईले २०४९ साल र २०५४ सालमा तत्कालिन चन्द्रगढी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । २०५८ सालदेखि स्वतन्त्र रही लामो समयदेखि जनप्रतिनिधि विहिन अवस्थामा विभिन्न संघसस्था, सामाजिक क्षेत्रमा अग्रणी भूमिका जारी राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्