भोली सम्म फाटफुट वर्षा



प्रशान्त वली,काठमाडौं ।
हिजो सोमवार देखि मनसुन सकृय भएसँगै आज मंगलवार दिनभर पानी पर्ने जल तथा मौसम बिज्ञान महाशाखाले बताएको छ ।

बंगालको खाडी हुदैं नेपाल प्रबेश गरेको मनसुन मध्यभागमा सकृय रहेको मौसम बिद सुदन सुबेदीले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका सहितका देशका मध्यभागमा रहेका जिल्लाहरुमा फाटफुट मौसम जारी रहेको र यो क्रम भोली बुधवार सम्म नरोकिने उहाँले बताउनुभयो । पानी पर्न थालेसंगै किसानहरु खुसी भएका छन् ।

महाशाखाले यस वर्षको मनसुन गत जेठ २९ गते नेपाल भित्रिएको बताएको थियो। आज सोमबार साँझदेखि भने निरन्तर वर्षा नभए पनि कमजोर मनसुनको प्रभाव शुरू हुने महाशाखाका मौसमविद् बरुण पौडेलले बताउनुभयो।

‘कमजोर मनसुन अब विस्तारै सक्रिय हुने क्रममा छ, यही हप्ताभित्रमा मुलुकका धेरै ठाउँमा निरन्तर वर्षा नभए पनि मौसम बललिएर हल्का वर्षा हुने संकेत विकास भइरहेको छ’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

पूर्वी मनसुनी वायुको तुलनामा पश्चिमी वायु केही बढी सक्रिय हुँदा मनसुन राम्रोसँग भित्रिन नसकेको महाशाखा प्रमुख डा। जगदिश कर्माचार्यले बताउनुभयो।

यद्यपि दोस्रो चरणको स्थानीय निकायको निर्वाचनको समय ९यही असार १४ गते० सम्ममा मनसुन कति सक्रिय हुन्छ भनेर अहिले नै आंकलन गर्न नसकिने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्