एसडीएलजी ग्रेडर बजारमा



 

काठमाडौं, (नेस)
एक्स्प्लोर अर्थमुभर्स प्रालिले ९१३८ र ९१९० मोडलका २ प्रकारका एसडीएलजी ग्रेडर बजारमा ल्याएको छ। यी ग्रेडरहरू प्राविधिक रूपमा सर्वोत्कृष्ट हुनाको साथै कडा क्वालिटी नियन्त्रण प्रक्रियाअन्तर्गत उत्पादन गरिएको कम्पनीले जनाएको छ। मोडल ९१३८ मा तीन प्रकारका ब्लेडहरू ८ फिट, १० फिट र १२ फिट साइजका रहेका छन् भने ९१८० मोडल १३ फिट र १५ फिट साइजका ब्लेडयुक्त छन्।

यसैगरी यी ग्रेडरमा रिपर, स्क्यारिफायर र वातावनुकुलित क्याबिन जस्ता सुविधा पनि रहेका छन्। आरओपीएस र एफओपिएस मोडल ९१९० का स्तरीय विशेषता हुन्। पछाडिको एक्सल नचिप्लने, अलग्गै खाले एक्सलका साथ जडान गरिएका छन्। तीन थरीका पावर मोड र स्वचालित क्रुज नियन्त्रकले सर्वोत्कृष्ट कार्य उपयोगिता र ग्रेडर योग्यता उपलब्ध गराउन मद्दत गर्दछ।

प्रतिक्रिया दिनुहोस्