संखुवासभामा दुई जनाद्वारा स्वतन्त्रमा उम्मेदवारी



इन्द्र गिरी, संखुवासभा
सखुवासभा जिल्लामा प्रमुख राजनीतिक दललगायत साना दल र २ जनाले स्वतन्त्रमा उम्मेदवारी दिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका ५ नगरपालिका र ५ गाउँपालिकामा शान्त र मर्यादित ढंगले मनोनयन दर्ता भएको छ।

मुख्य निर्वाचन अधिकृत देवेन्द्र पौडेलका अनुसार खाँदबारी नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरमा महेश थपलिया, उपमेयरमा निर्मला बस्नेत, चैनपुरमा कांग्रेसका तर्फबाट मेयरमा शंकरमान कडेल, उपमेयरमा अञ्जना लिम्बु, पाँचखपन नगरपालिकामा कांग्रेसबाट मेयरमा विपीन राई, उपमेयरमा सीता श्रेष्ठ, मादी नगरपालिकामा मेयरमा रामकुमार जिमी, उपमेयरमा कल्पना खत्री र धर्मदेवी नगरपालिकामा मेयरमा रमेश जिमी र उपमेयरमा शोभा घिमिरेको उम्मेदवारी दर्ता गरिएको छ।

उसले सिलिचोङ गाउँपालिका अध्यक्षमा रामबहादुर कुलुङ र उपाध्क्षमा लालकुमारी राई, भोटखोलाको अध्यक्षमा पेम्बा भोटे, उपाध्यक्षमा पान्तेमदावा भोटे, सभापोखरीको अध्यक्षमा भीम सिड्खा र उपाध्यक्षमा राधा गौतम, मकालुमा अध्यक्षमा राईबहादुर राई, उपाध्यक्षमा शान्ता बानिया र चिचिलामा अध्यक्षमा पासाङनुर्ब शेर्पा र उपाध्यक्षमा यदुकुमारी राईको उम्मेदवारी दर्ता गरेको छ।

एमालेका तर्फबाट खाँदबारीमा मेयरमा मुरारीप्रसाद खतिवडा र उपमेयरमा डेगेश्वरी श्रेष्ठ, चैनपुरको मेयरमा भरतकुमार खत्री, उपमेयरमा मुना श्रेष्ठ, पाँचखपनमा मेयरमा मानसिं पोखरेल र उपमेयरमा भीमा राई, मादीमा मेयरमा विदुर लिंथेप र उपमेयरमा उर्मिला सुवेदी, धर्मदेवीमा मेयरमा भीम लिंखा, उपमेयरमा सोमकुमारी रायको उम्मेदवारी दर्ता गरेको छ।

उसले मकालु गाउँपालिका अध्यक्षमा खड्ग कटुवाल र उपाध्यक्षमा चमेली राई, सिलिचोङको अध्यक्षमा दुर्गा किरण राई र उपाध्यक्षमा दिलटीका राई, चिचिलाको अध्यक्षमा सन्तोष गुरुङ र उपाध्यक्षमा विष्णुमाया राई, सभापोखरीको अध्यक्षमा रत्न सुब्बा र उपाध्यक्षमा सीता दाहाल, भोटखोलाको अध्यक्षमा वाङदाबी भोटे र उपाध्यक्षमा फुन्जुक भोटेको उम्मेदवारी दर्ता गरिएको छ। माओवादी केन्द्रबाट खाँदबारीको मेयरमा वीरबहादुर लिम्बु र उपमेयरमा सुशीला घिमिरे, चैनपुरमा माओवादी केन्द्रबाट मेयर सुमन डागी र उपमेयर सविना लिम्बु, पाँचखपनमा मेयरमा लोकमान बोगटी र उपमेयरमा रूपा न्यौपाने, मादी नगरपालिकामा मेयरमा दावा शेर्पा र उपमेयमा योगकुमारी कार्कीको उम्मेदवारी दर्ता गरिएको छ। धर्मदेवीको मेयरमा उमा कार्की विष्ट र उपमेयरमा छिरिङ शेर्पा, सभापोखरी गाउँपालिकामा अध्यक्ष विपीन तामाङ, उपाध्यक्षमा विष्णु चिमरिया, भोटखोलाको अध्यक्ष दावासाङ्गे भोटभोटे, उपाध्यक्षमा लाक्पा छोजिक भोटे, चिचिलाको अध्यक्षमा रामबहादुर गुरुङ, उपाध्यक्षमा चिम्रा राई, मकालुको अध्यक्षमा भरतकुमार राई र उपाध्यक्षमा कर्मु गुरुङ, सिलिचुङको अध्यक्षमा योगेन्द्र राई र उपाध्यक्षमा देवीकुमारी राईको मनोनयन दर्ता भएको छ।

राप्रपाले खाँदबारीको मेयरमा भीमकुमार कार्की र उपमेयरमा सिर्जना राई, मादी नगरपालिकामा मेयर चिन्तामणि दाहाल, चैनपुर नगरपालिकामा मेयर सीता कार्की, धर्मदेवी नगरपालिकामा मेयर बोधराज श्रेष्ठ, पाचखपन नगरपालिकामा उपमेयर विन्दा मोक्तान, संघीय समाजवादी र नयाँ शक्तिले संयुक्त रूपमा खाँदबारीमा मेयरका लागि कृष्णप्रसाद तामाङको उम्मेदवारी दर्ता गरेको छ।

कांग्र्रेस, एमाले, माओवादी केन्द्रले सबै पदमा उम्मेदवारी दर्ता गरेका छन्। राप्रपा, संघीय समाजवादी फोरम र नयाँ शक्ति पाटीले तालमेल गरेर उम्मेदवार उठाएका छन्। शान्ति पाटी, परिवार दल, राष्ट्रिय जनमुक्ति, जनमोर्चा, जनजागरण पार्टी नेपाललगायतका दलले पनि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत दवेन्द्र पौडेलले बताउनुभयो।

चैनपुर नगरपालिकामा संघीय समाजवादीका तर्फबाट मेयर पदमा हरिकुमार राईलाई उम्मेदवारी बनाएको छ भने परिवार दलले उपमेयर पदमा जीवनाथ मोक्तानलाई उम्मेदवारी दिएको छ। यसै गरी यसै नगरपालिका वडा नं. ११ का लागि स्वतन्त्र वडा सदस्यको उम्मेदवार भद्रबहादुर दाहलले समेत उमेदवारी दिएका छन्।

यसैबीच, संखुवासभा खाँदबारी नगरपालिकाका लागि जीवनाथ खनालले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन्। बिहान ८ बजे समर्थक र प्रस्तावकलाई लिएर मुख्य निर्वाचन कार्यालय पुगेका खनालले १ नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै पोषराज कट्टेलले पनि खाँदबारी नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्