कोलको निधनमा प्रमबाट शोक



 

काठमाडौँ, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले जर्मनीका पूर्व चान्सलर हेल्मुट कोलको निधनमा त्यहाँका चान्सलरलाई आज समवेदना सन्देश पठाउनुभएको छ ।

आफ्नो सन्देशमा प्रधानमन्त्रीले नेपाली जनता र नेपाल सरकारका तर्फबाट जर्मनेली जनता र सरकार तथा शोकसंतप्त परिवारलाई समवेदना प्रकट गर्दै कोल जर्मनीको एकीकरण तथा समग्र युरोपको शान्ति र समृद्धिमा दिएको योगदानबाट सम्झनामा रहिरहने बताउनुभएको छ । असीको दशकमा कोलले नेपाल भ्रमण गरेको कुरा पनि सम्झनामा रहने सन्देशमा उल्लेख गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्